लुम्बिनीका होटल व्यवसायी आन्दोलित

काठमाडौं । लुम्बिनीमा रहेको विभिन्न विहार तथा स्तुपले नियमविपरीत गेस्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्। लुम्बिनी होटल संघ नेपालले चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

संघले बिहीबार लुम्बिनी विकास कोष परिसर अगाडि दुई घण्टासम्म धर्ना दिएको थियो। व्यवसायीले यो धर्ना एक सातासम्म दिइने र एक सातासम्म पनि माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन्। संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी विकास कोषको पर्यटन व्यवसायप्रतिको बेवास्ता र अन्य गलत नीतिका कारण लुम्बिनी क्षेत्रको पर्यटकीय वातावरण बिग्रिँदै गएको बताए ।

स्तुप तथा विहार बनाउन अनुमति दिने लुम्बिनी विकास कोष नियमविपरीतका निर्माण संरचना तयार पारी सञ्चालनमा ल्याउँदा पनि मौन रहेको, अनुगमन र कारवाही गर्नेतर्फ कुनै चासो नदेखाएको व्यवसायीहरुले आरोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर