आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं ।  आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो। आयरल्यान्डका पिटर मुरले सर्वाधिक ४९ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

केड कर्माइकल र कप्तान निल रकले ३८/३८ रन बनाएर आउट हुँदा स्टीफन डेहेनीले ३४ रनको योगदान दिए। ग्यारेथ डेलानी ३० र र गेभिन होई १८ रनमा अविजित रहे। नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा १/१ विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर