दुर्गा प्रसाईंको स्वरक्षाका हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो स्वरक्षाका लागि राखेको हतियारबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव राजेन्द्रदेवको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट समिति बनाएको हो । समितिमा मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

दुर्गा प्रसाईंका दुई बडीगार्ड गत चैत ५ गते सर्वोच्च अदालत परिसरमा हतियार र गोलीसहित प्रवेश गरेपछि सर्वोच्चमा खटिएको नेपाल प्रहरीले उनीहरूलाई हतियारसहित अदालतमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको करिब एक सातापछि सर्वोच्चकै आदेशबाट ती दुई बडीगार्ड थुनामुक्त भएका तर तर सर्वोच्चले संवदेनशील हतियारका विषयमा छानबिन गर्न सरकारका नाममा आदेश पनि दिएको थियो ।

उक्त समितिले जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईंको नाममा इजाजतपत्र नं १०१३१ मा जारी भएको २२ बोरको हतियारको इजाजतपत्र र त्यसको नवीकरणका विषयमा छानबिन गरेर दोषीउपर कारबाही गर्न सिफारिस गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर