सुन प्रतितोलामा एक्काईस सय रुपैयाँ वृद्धि

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु. एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु. एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय २५ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर