बागमती प्रदेश सरकार संकटतर्फ, हाम्रो नेपाल पार्टीमा आन्तरिक कलह

(बागमती सरकारमा मन्त्रीको शपथ ग्रहण गर्दै सांसद शैलेन्द्रमान बज्राचार्य)

काठमाडौं । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले आफ्ना पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाएका छन् । पार्टीका बागमती प्रदेश संसदीय दलका नेता बज्राचार्यले प्रदेशको मन्त्री पदमा शपथ लिएको एक दिनपछि आज शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले उक्त आरोप लगाएका हुन् ।

उनले प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय यसअघि गरेको जुन यथावत् रहेको स्पष्ट पारे । “आफैँ उपस्थित केन्द्रीय समितिको निर्णयविपरीत पार्टीका प्रदेशसभा सदस्य बज्राचार्य मन्त्री बन्नुभएको छ जुन पार्टीलाई स्वीकार्य छैन”, अध्यक्ष घिमिरेले भने, सत्तारुढ दलहरूबाट राजनीतिक अपहरण गरी मन्त्री बनाउने काम भएको छ यसले राजनीतिमा विकृति सिर्जना गरेको छ ।”

पार्टी प्रवक्ता रोहन कार्कीले बागमती प्रदेशमा सत्तारुढ दलबाट फोहोरी खेल भएको भन्दै सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र पार्टी निर्णयविपरीत गएमा बज्राचार्यमाथि कारबाही गरिने बताए । । गएको मङ्गलबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र अब मन्त्रीमा नजाने बताएका पार्टीका नेता बज्राचार्यले दुई दिनमा नै आफ्नो बोली फेर्दै मन्त्री पदमा शपथ लिएका थिए । हाम्रो नेपाली पार्टीले मङ्गलबार इमेलमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पठाएको बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर