डा‍‍. आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा‍‍. आरजु राणा देउवाको ‘हाइपर प्याराथाइरोइड्इजम’को शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ  ।

शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उनको सचिवालयले जनाएको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर