प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा राजनीतिक लय स्थापना गर्दै, एमाले सशंकित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा गहमन्त्रीको राजीनामालाई लिएर कांग्रेसले सिर्जना गरेको अवरोध हटाउन अनुरोध गरेको र जवाफमा सभापति देउवाले सथीहरूसँग सल्लाह गरेर निकासका सम्बन्धमा छिट्टै निचोड निकाल्ने बताएको बुझिएको छ । यस्तै भेटमा संक्रमणकालीन न्यायसमबन्धी विधेयकका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले पुरानो सत्ता गठबन्धन भत्काएपछि नेताद्वयबिच आज एक्लाएक्लै पहिलोपटक भेट भएको बताइएता पनि यसअघि गत मंगलबार राति कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजनमा प्रधानमन्त्री र सभापति देउवाबिच भेट भएको थियो । उक्त भेटमा दुबै नेताले मुखको तीतो फेरेका थिए । नेता सिटौला प्रचण्डका लागि कांग्रेसभित्रका विश्वासिलो मित्र हुन् । प्रचण्ड र सिटौला माओवादीलाई मूलधारमा ल्याउने उपक्रमसँगै नजिकिएका थिए । मंगलबार रातिकै भेटघाटको निरन्तरता आजको भेटलाई पनि लिइएको छ । आगामी उपनिर्वाचनलाई लिएर नयाँ सत्ता गठबन्धनमा तिक्तता उत्पन्न भएपछि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा नजिकिने मेसो खौज्दै गरेको राजनीतिक पण्डितहरूको विश्लेषण रहेको छ । यता, प्रचण्ड र देउवाबिचको भेटलाई लिएर एमाले वृत्त सशंकित भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर