नाउपाद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेशसभा सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।

‘सुदूरपश्चिम प्रदेशसभामा कमलबहादुर शाहको सरकारलाई समर्थन दिँदा पनि बहुमत नपुगिने देखियो’ पार्टीको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले भने, “सङ्घीय सरकारमा विश्वासको मत दिएर पनि बाहिर रहनुपर्ने र अन्य प्रदेशमा पनि सरकारमा सहभागी हुन कठिन हुने भएकाले यस्तो निर्णय लिइएको हो ।’

पार्टीका संरक्षक रेशमलाल चौधरीको इच्छा सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने र संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनमा जाने चाहना राखेकाले विवाद रहँदैआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर