मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ १ सम्म खुला रहने छ ।

मिस नेपाल २०२४ को अन्तिम नतिजा २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकसहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।

यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरू खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौँलगायत विभिन्न शहरमा हुनेछ । मिस नेपाल विजेताहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर