सांसद विनोद चौधरीमाथि प्रतिशोध नसाँधिएको गृहमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको राज्यव्यवस्थाको समितिको बैठकमा सांसदहरूले छलफलका क्रममा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उनेले भने, “प्रतिशोध राख्ने ‘त्यस्तो नीति होइन भन्ने कुरा मेरो स्पष्ट धारणा रहेकाले विधिको शासनलाई फलो गरेर, कानूनबाहिर रहेर प्रतिशोध साँध्ने भन्ने कुरा हुन सक्दैन । एउटा पूर्ण व्यावसायिक मान्छेले त्यस्ता कुराहरुलाई (प्रतिशोधलाई) मध्यनजर राख्दैन ।’

उनले आफूले आफ्नो गृमन्त्रीत्व कालमा कुनै राजनीतिक पूर्वाग्रह नराख्ने पनि स्पष्ट गरे । लामिछाने कानूनले दिएको अधिकारलाई कदापित दुरुपयोग नगर्ने पनि बताए ।

उनले भने, ‘विशेष गरेर राज्यको निकायमा बसेर, आफूसँग भएका राजनीतिक वा व्यक्तिगत वा व्यावसायिक पूर्वाग्रह राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुँदैन । राजनीतिक वा अन्य पूर्वाग्रह म आफ्नो कार्यकालमा आफ्नो तहबाट कहीँ, कतै त्यसको गुञ्जायश नहुने कुराको सुनिश्चितता सम्मानित समितिलाई व्यक्त गर्न चाहन्छु । कानूनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ ? हामी त्यसमा सचेत छौँ । लामो बाटोमा हिँडिएको हुनाले कसैप्रति कुनैपनि किसिमको दुर्भावना, पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर