गृहमन्त्री लामिछानेलाई राजीनामा दिन कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने सुझाव दिएकाछन् । आज राज्यव्यवस्था समितिको आज बसेको बैठकमा सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर ह्यारेसमेन्ट गर्न खोजिएको हो ? भन्ने प्रश्न पनि गरे ।
उनले भने, ‘सहकारी प्रकरणमा आरोपीहरू कति समातिए ? छानबिन प्रक्रिया कहाँ पुग्यो । स्पष्ट पारिदिनुस् । ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । यदि यो उहाँ नै हो भने छानबिनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त यदि त्यसो हो भने गृहमन्त्रीजी स्वयम् हो भन्ने उहाँलाई लागेको छ भने मलाइ लाग्छ उहाँले यो छानबिन निष्पक्ष हुन र विश्वसनीय बनाउनको निम्ति, जनतालाई पनि विश्वसनीय ढंगले छानबिन गरे है भन्ने पार्नको निम्ति उहाँले छानबिन नसकिँदासम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन ? त्यो भइदियो भने छानबिन निष्पक्ष र विश्वसनीय हुन्छ । अहिलेको आवश्यकता नै त्यति हो ।’

यसैबिच गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् । राज्यव्यवस्था समितिको आज बसेको बैठकमा उनले भने, ‘बाँसबारी छाला,जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको छ । देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिसकिएको छ र यससम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरुलाई अपिल गरिसकिएको अवस्था छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर