धनगढीका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्कविहीन, खोजीकार्यमा सहयोग गर्न अपिल

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्कविहीन भएकी छन् । मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देख्दै आफ्नी जेठी छोरी भारतमा सम्पर्कविहीन भएको जानकारी गराउँदै खोजीका लागि अनुरोध गरेका छन् ।

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ, दिदीबहिनीहरूले खोजीकार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु,’ उनले लेखेका छन्, ‘साथै मेरी कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले मोबाइल नम्बर नं. ९७९४०९६०१४र८२७३५३८१३२र९३८९६०७९५२ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजीकार्यमा सहजीकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, हमालले फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर