भारतको प्रतिबन्धपछि प्याजको मूल्य बढ्न सक्ने अनुमान

काठमाडौं ।  भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ। यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चितकालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ। बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन्। भारतको प्रतिबन्धपछि यी देशहरुमा प्याजको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर