कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हिजो हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको जनाइएको छ । एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको हो ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् । जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाएको छ । आज गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । गत वर्ष पनि पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर एक युवाको निधन भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर