पहिलो जितसँगै नेपाल आयरल्याण्डसँग दोस्रो खेल खेल्दै

काठमाडौं । नेपाल र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुनेछ । हिजो सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दैछ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुनेछ । नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर