नेप्सेमा १७ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सोमबार शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १७.०१ अंकले घटेको छ। ०.८३ प्रतिशतले घटेको नेप्सेमा कूल ७० लाख ६१ हजार १२ कित्ता शेयर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ। बजार दोहोरो अंकले घट्दा २०४ कम्पनीका शेयरधनीले गुमाएका छन्‌ भने ३७ कम्पनीका शेयरधनी फाइदामा छन्‌। ३ कम्पनीको शेयरमूल्य स्थिर छ।

आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर सर्वाधिक १० प्रतिशतले बढ्दै प्रतिकित्ता १८ हजार २७६.५० रुपैयाँ पुगेको छ। यो कम्पनीको शेयरमूल्य प्रतिकित्तामै १ हजार ६६१.५० रुपैयाँ बढेको हो। सर्वोत्तम सिमेन्टको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ८१३.८० रुपैयाँ पुगेको छ।

आज किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधित १० प्रतिशत (प्रतिकित्ता १०२ रुपैयाँ) र बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले ९.९९ प्रतिशत (प्रतिकित्ता ५४.४० रुपैयाँ) गुमाएका छन्‌। आज नेप्सेमा गुराँस फाइनान्स लिमिटेडको सर्वाधिक २८ करोड ३५ हजार ८५६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शीर्ष कारोबारको दोस्रो स्थानमा शिवम् सिमेन्ट लिमिटेड (१३ करोड ७८ लाख ७६ हजार १६२ रुपैयाँ) छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर