मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न

काठमाडौं ।  यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सकिएको छ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो । जनकपुरधामलाई केन्द्रमा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा खाली खुट्टाले हिँडेर गरिने यो यात्रा अन्तर्गृह परिक्रमापछि सकिएको छ ।

जनकपुरका राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन अर्थात आज यो यात्रा पूरा गरेका छन् ।

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्गृहमा सहभागी भएका छन् । यस यात्रामा एक लाखभन्दा बढी सहभागी भएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ । परिक्रमाका सहभागीले होलीका दहन गरिएको खरानी अर्थात धुरा उडाउँदै फागु खेलिरहेका छन् । मिथिलाको मध्यमा परिक्रमा अन्तर्गत धुरा उडाएको भोलिपल्ट फागु खेल्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर