अभिनेत्री कंगना रनावत लोकसभा निर्वाचन लड्दै

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । भारतीय जनता पार्टीले कंगनालाई गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचनमा टिकट दिएको हो । टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिँदै पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको बताएकी छन् । कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा सामाजिक सञ्जाल तथा सार्वजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर