के साँच्चिकै भूतप्रेत हुन्छ ? एक मनोविज्ञानपूर्ण बहश….

काठमाडौं ।  समाजमा भूतप्रेतलाई लिएर धेरै भ्रान्तिपूर्ण कहानी र विश्वास विद्यमान रहेको छ । कहिले-कहिले त कुनै एक व्यक्तिमाथि भूतप्रेत चढेको घटनाका समाचार प्रकाशनमा आउने गरेका छन् । कोही बढी विश्वास गर्छन् भने कोही कम तर प्रायःजसो सबै भूतप्रेतको कहानी पढ्न रुचाउँछन् । यस्तो परिस्थितिमा प्रश्न यो उठ्न सक्छ कि साँचो अर्थमा भूतप्रेत हुन्छ कि हुँदैन ? यो प्रश्नको उत्तर वा विवेचना गर्ने हो भने मेडिकल साइन्सका आधारमा भन्ने हो भने जो व्यक्तिले भूत अथवा प्रेतलाई देखेको वा अनुभूत गरेको दावी गर्दछ ती व्यक्ति मानसिक विकारयुक्त हुन् । यदिकसैले भूतप्रेत हुन्छ भनी ठोकुवा गर्दछ वा जिद्दी गर्छ भने त्यो व्यक्ति आफ्नो आस्थाका कारण ठगिएको हुन्छ । मानसिक रोगीको कुरालाई लिएर भूतप्रेत हुन्छ भनी स्वीकार गर्न सकिन्न । तर त्यस्ता मानसिक विकृत व्यक्तिहरूले भूतसँग उसको भेट भएको वा मित्रता रहेको बलियो तर्कको आधारमा जित्न खोज्छ भने त्यो केवल साइको प्रोब्लेम हो । त्यस्ता व्यक्तिले भूत भएको प्राण वा घटनाक्रम प्रमाणित गर्न किमार्थ सक्दैन । त्यसकारण यस्ता अन्धविश्वासी जमातसँग टाढा रहनु नै कल्याणकारी हुनेछ । कसैले भनेको र बताइएको आधारमा भूतप्रेत हुन्छ भनी झ्वाट्टै पत्याइ हाल्नु जरुरी छैन । तथापि, प्रश्न ज्युँकात्युँ नै छ । के साँच्चै भूतप्रेत हुन्छ ? हो पक्कै पनि भूतप्रेत हुन्छ नै । तर भूतप्रेत हुन्छ भन्दैमा तपाईं डराउनुपर्ने कुनै आवश्यकता छैन । भूत कसरी हुन्छ ? कस्तो हुन्छ भनी हामी विस्तारपूर्वक विवेचना गर्दैछौं । दुनियाँमा सबैलाई थाहा छ कि एक दिन यस मृत्युलोकमा जन्म लिएका प्राणीले एक दिन यो संसार त्याग गर्दछ, गर्ने पर्दछ । सवाल यत्ति मात्र हो  कि कुनैपनि प्राणीले आफ्ना शरीर स्वैच्छाले छोड्छ कि अनिच्छाले । मानौं, तपाईं लामो समयदेखि भाडाको घरमा बसिरहनु भएको छ । त्यो भाडाको घरमा तपाईं आफूले आफ्ना लागि हरेक मर्नेपर्ने सामान सजावट गर्नुभयो । भाडा तिरेसम्म आनन्दले बस्नु भयो । तर एक दिन घर मालिकले कोठा छोड्न भन्न आयो भने तपाईले कोठा छोड्नपर्ने हुन्छ । तब तपाईंलाई त्यो क्षण कति पीडादायी होला कि कोठा अचानक छोड्न पर्‍यो भनेर । यस्तै उदाहरण हो शरीर छोड्ने पनि । जन्मेदेखि मर्नु पूर्वसम्म तपाईंलाई यो शरीरप्रति कति लगाव भइसकेको हुन्छ । एक पटक सौचौं, तपाई मीठो खानु हुन्छ आफ्नो लागि । तपाईं राम्रो लगाउनु हुन्छ आफ्नो लागि । बिहानदेखि बेलुकासम्म तपाईं अर्थोपार्जनका लागि काममा तल्लीन हुन्छ कसका लागि निश्चित रूपमा शरीर वा आफ्नै लागि हो । जीवनप्रति यत्ति धेरै लगाव र मर्ने इच्छा नहुँदा नहुँदै पनि एक दिन यो शरीरलाई त्याग्नु पर्दछ । यो नै कटु सत्य हो । अनिच्छापूर्वक शरीर त्याग गर्नुपर्ने अवस्थाले नै प्रेत आत्मा बन्न पुग्छ । प्रश्न यो उठ्छ कि मृत्युपछि के हुन्छ? मृत्यु के हो ? मृत्युका सम्बन्धमा धर्म, पुराणमा लेखिएको छ कि स्थुल (भौतिक) शरीरको त्याग नै मृत्यु हो । यो बिर्सनु हुँदैन कि त्याग गर्ने को पनि अस्तित्व हुन्छ । तपाई यो संसारको घररूपी होइन भाडामा बस्ने एक भाडाकर्मी हो । शरीर त्याग्ने नै आत्मा हो । भौतिक शरीर नष्ट भइसकेपछि आत्मा सूक्ष्म शरीरमा रूपान्तरण हुन्छ । जबसम्म त्यो आत्माले एक अर्कौ नयाँ शरीर प्राप्त गर्दैन । तब यहाँ फेरि अर्को प्रश्न उब्जिन्छ कि आत्माले नयाँ शरीर प्राप्त नगरुञ्जेल त्यो आत्मा कहाँ रहन्छ ? जसरी भौतिक शरीररूपी आत्माका लागि भौतिक जगत् हुन्छ, त्यस्तै सूक्ष्मरूपी शरीरका लागि पनि सूक्ष्म जगत् हुन्छ । तर भौतिक जगतमा सूक्ष्म जगत् लुकेर बसेको हुन्छ । सूक्ष्म जगतमा रहने आत्मा प्रकाशरूपी चम्किलो हुन्छ । सूक्ष्म जगत् सूक्ष्म हुने हुनाले सीमित क्षेत्रमा समेटिएको हुन्छ । त्यसैले यो हाम्रा लागि अदृश्य हुन्छ । भौतिक कर्मबन्धन अनुसार मुक्ति नपाएसम्म उही अदृश्य आत्मालाई नै प्रेतात्मा भनिन्छ । जस्तो कि भौतिक संसारको आशक्ति नै प्रेतात्माको कारण हो । अब फेरि प्रश्न उठ्न सक्छ कि प्रेतात्मा खराब मात्रै हुन्छ ? अर्थात् दुःख दिने मात्रै हुन्छ ? जसरी भौतिक जगतमा राम्रा र नराम्रा मानिस हुन्छ, त्यस्तै सूक्ष्म जगतमा पनि राम्रा र नराम्रा प्रेतात्मा हुन्छ । सूक्ष्म जगतका राम्रा आत्मा मनुष्यलाई माथि उठाउन र भलो गर्ने काममा लागेको हुन्छ भने नराम्रा प्रेतात्मा भौतिक जगतका कमजोर मान्छेलाई वशमा पारेर आफ्नो अतृप्त इच्छालाई पूरा गर्नेतर्फ लागेको हुन्छ । तर डराउनुपर्ने कुनै कारण छैन कि दुष्ट आत्माले तपाईलाई भौतिक जगतमा कुनै हानीनोक्सानी पुर्‍याउन सक्दैन । दुष्ट आत्माले तपाईंलाई केवल तर्साउन मात्र सक्छ । त्यसैले अधिकांश कमजोर मनोबलका व्यक्ति मात्र यो दुष्ट आत्माको प्रभावले ग्रसित भएको पाइन्छ । नीति शास्त्रमा भनिएको छ कि जबसम्म डर अगाडि आउँदैन भने डराउनुपर्ने आवश्यकता नै छैन । जब डर तपाईंको अगाडि आई नै हाल्यो भने किन डराउने ? त्यसको सामना गर्ने हो । जब तपाईंलाई भूतप्रेतको बारेमा जानकारी भयो वा पायो भने डराउने होइन अपितु, सामना गर्ने हो । आफ्नो मनलाई कमजोर नपार्नुस् । डरमाथि नियन्त्रण राख्ने कोसिस गर्नूस् । मानौं भूतप्रेत हुन्छ कि हुँदैन त्यो आफ्नो ठाउँमा छ, तर यदि तपाईंको मन डरायो भने तपाईं आफूले आफैंलाई नोक्सान पुर्‍याउने निश्चित छ । आफ्नो मस्तिष्कलाई हमेशा राम्रो विचारले भरिपूर्ण बनाएर प्रेरणास्पद पार्नूस् । जुनबेला फूर्सदिलो हुन्छ त्यतिबेला राम्रा पुस्तकहरूको अध्ययन गर्नुस् । योगाभ्यास गर्नुस् । यदि तपाईंले यस्तो सद् विचारपूर्ण काम गर्न सक्नु भयो भने तपाईंलाई कुनै भूतप्रेतले केही बिगार्न सक्दैन । यदि तपाईले आफ्नो मन र बुद्धिलाई राम्रो विचारले भर्न सक्नु भएन भने कुनबेला कुन समयमा तपाईंको मनमस्तिष्कमा कुन विचारले अधिकार जमाउन सक्छ भन्न सकिन्न । यो मन तपाईंकै हो । यो शरीर तपाईंकै हो । त्यसैले सबैतिरबाट यसको रक्षा गर्नु तपाईंकै कर्तव्य हो । जसरी तपाई घर बाहिर जानु हुन्छ भने घरमा ताला लगाउनु हुन्छ । त्यस्तै तपाईं आफ्नो मनलाई कसरी खुला राखेर बाहिरी दुनियाँमा घुम्न वा रमाउन सक्नु हुन्छ ? मनलाई कठोर बनाउनुस्, भूतप्रेतको कुविचारलाई प्रवेशै गर्न नदिनुस्-यही नै आजको आवश्यकता हो । (प्रस्तुतिः उज्ज्वल झा) (समाचारमा प्रयुक्त चित्र मात्र काल्पनिक हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर