रुसमा पनि आतंकवादी हमला, ६० जनाको मृत्यु

काठमाडौं । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्। रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ। यस्तै रुसी समाचार एजेन्सीका अनुसार घटना मस्को नजिकैको क्रोकस सिटी हलमा कन्सर्ट आयोजना हुँदै थियो ।

रुसका लागि बीबीसीका पत्रकार स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका कम्तीमा तीन हतियारधारीहरूले एक्कासि गोली चलाउन थालेका थिए। घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए।

आतंकवादी समूह आइएसआइएसले आक्रमणको जिम्मा लिएको छ। आइएसआइएसले शुक्रबार टेलिग्राममा आइएसआइएससँग सम्बद्ध समाचार एजेन्सी अमाकले प्रकाशित गरेको छोटो बयानमा आक्रमणको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, आइएसआइएसले उक्त दावीलाई पुष्टि गर्ने प्रमाण भने दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर