समाजवादी मोर्चामा एमाले सामेल हुन ओली अनिच्छुक

काठमाडौं । समाजवादी मोर्चाको आज शुक्रबार बसेको बैठकले नेकपा एमालेलाई पनि मोर्चामा आबद्ध गराउने छलफलको कसरत सित्तै जाने भएको छ । मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउन हाल मोर्चाको संयोजनको जिम्मेवारी सम्हालेका नेत्रविक्रम चन्द र उनका पार्टी नेता प्रकाण्ड अधयक्ष ओलीलाई बालुवाटारको सन्देश सुनाउन बालकोट पुगेका थिए । तर मध्याह्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका अध्यक्ष ओलीले भेटपछि सञ्चारकर्मीले के समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ? भनी राखेको जिज्ञासामा ओलीको ठाडो उत्तर थियो, “हैन”। ओलीलाई पत्रकारले फेरि सोधेका थिए प्रधानमन्त्रीसँग तपाईंको के कुरा भयो ? उनको उत्तर थियो, ‘राम्रै कुरा भयो’ ।
ओलीको उपर्युक्त जवाफको आधारमा विश्लेषण गर्ने हो भने समाजवादी मोर्चामा तत्काल एमाले सामेल हुने स्थिति देखिँदैन ।
प्रचण्डलगायत मोर्चाका अन्य नेताको एमालेलाई पनि एउटै सूत्रमा बाँध्ने योजना सफल हुने छाँटकाँट छैन । ओली समाजवादी मोर्चाका कटु आलोचक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर