पदमा छँदै नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको नयाँदिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई प्रवर्तन निर्देशनालय (इडी) ले मदिरा घोटालासम्बन्धी केसमा सोधपूछका लागि बिहीबार राति पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । केजरीवालले आफूलाई पक्राउ गरेका तापनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने र दिल्ली राज्यको प्रशासन प्रहरी हिराशतबाटै चलाउने घोषणा गरेका छन् ।
केजरीवालालाई सोधपूछका लागि नौपटकसम्म इडीले समन जारी गर्दा पनि उनले अनेकन् बहानमा उक्त समनलाई बेवास्ता गर्दै आएका थिए । हिजो मात्रै केजरीवालले दिल्ली हाइकोर्टमा गिरफ्तारीबाट बच्न याचिका दिएका थिए तर हाइकोर्टले उनलाई राहत नदिएपछि इडीले केजरीवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।
केजरीवाल मन्त्रीपरिषदका तीन जना सदस्यलगायत अन्य व्यक्तिहरू मदिरा अन्तःशुल्क घोटाला काण्डमा थुनिएका छन् । इडीको गिरफ्तारीलाई चुनौती दिँदै केजरीवालले भारती सर्वोच्च अदालतमा बिहीबार राति नै सुवाई हुनुपर्ने मागसहित गरेको अपिलमा अदालतका रजिष्ट्रारले उक्त मागलाई खारेज गर्दै सुनुवाई कार्यालय समयमा मात्र हुने जनाउ दिएपछि केजरीवालका समर्थकहरू हच्केका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर