नेपाल बहराइनसँग ५-० गोलले पराजित

काठमाडौं । फिफा विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र बहराइनबिच भएको खेलमा नेपाल पाँच शून्य गोलले पराजित भएको छ । बहराइन राष्ट्रिय रगंशालामा बिहीबार राति भएको खेलमा पहिलो हाफमा नै नेपाल ३–० ले पछि परेको थिये । फेरि दोस्रो हाफमा थप २ गोल खान पुग्यो। इन्ज्युरी समयमा बहराइनले पेनाल्टी मौका पायो। जुन मौकालाई इस्माइल हसनले खेर जान दिएनन् र टोलीलाई ५–० को अवस्थामा पुर्याए।
बहराइनविरुद्धको खेलमा नेपालका लागि डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले डेब्यु गरे। अभिषेकले खेलको सुरुवाती रोजाइमा मौका पाउँदा सोभाग्यले दोस्रो हाफमा नेपालका लागि डेब्युको मौका पाए। विश्वकप छनोटअन्तर्गतकै दोस्रो लेगमा नेपाल र बहराइनले १४ गते पुनः खेल्ने छन्।
प्रतिक्रिया