अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग : अमेरिका

काठमाडौं । अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताएको बीबीसीले जनाएको छ ।

उनले अमेरिकाले कुनै पनि देशले अर्काको भूमि मिच्ने र दाबी गर्ने प्रवृत्तिको विरोध गर्ने बताएको समाचारमा उल्लेख छ । यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङले अरुणाचल प्रदेशलाई चीनको हिस्सा भएको दाबी गरेपछि अमेरिकाले उक्त प्रतिक्रिया दिएको हो । अरुणाचल आफ्नै भू–भाग भन्दै भारतले विकासका संरचना निर्माणलाई तीव्रता दिएको छ भने चीनले यस क्षेत्रलाई दक्षिण तिब्बत भन्दै भारतीय गतिविधिको विरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर