माओवादीका केन्द्रीय सदस्य शर्माले दिए राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज बिहीबार उनले राजीनामापत्र सार्वजनिक गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्धि र समाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रुपमा रुपान्तरण हुनु’, उनले राजीनामा पत्रमा लेखेका छन्। शर्माले भनेका छन्, ‘यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन। तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर