सुन तोलामा २६ सय रुपैयाँ बढ्यो, महँगोमा उच्च रेकर्ड कायम

काठमाडौं । आज बिहीबार छापावाला सुनको प्रति तोलामा २६ सय रुपैयाँ वृद्धि भएको छ । योसँगै नेपाली सुन बजारमा अहिलेसममकै उच्च रेकर्ड कायम भएको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँ बढेर १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ भजे तेजाबी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर