चखेल–मातातीर्थ सडक १६ दिन बन्द गरिने

काठमाडौं । हेटौंडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चखेल–मातातीर्थ सडक बन्द गरिने भएको छ। महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक बिहीबारदेखि १६ दिनका लागि बन्द गरिने भएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्नेलगायतका सडक निर्माण कार्य भइरहेकोले चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको जानकारी दिए ।

उनले उक्त सडकमा आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन पूर्ण रुपमा बन्द गरिएकोले सो अवधिभर वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । उक्त सडकको मकवानपुर र काठमाडौं दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर