सांसद विनोद चौधरीसँग सिआइबीको बयान

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज बिहीबार बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए । यसअघि यसै प्रकरणमा उनका भाइ वसन्त चौधरीसँग पनि सिआइबीले कागज गराइएको थियो ।

यसैबीच सांसद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर