सिआइबीले विनोद चौधरीलाई जुनसुकै बेला बयान लिन सक्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको बुधबार औपचारिक रूपमा जनाएको छ । सिआइबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलेलाई एक पत्र लेख्दै भनेको छ, ‘सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको गरी ठगी भएको सिआइबीको दाबी रहेको छ । यही सिलसिलामा विनोदका भाइ अरुण चौधरीलाई पक्रेर मुद्दा लाउँदा उनले १० रोपनी जग्गा फिर्ता गर्ने कबुलमा जमानीमा रिहा भए पनि पछि त्यसकाविरुद्ध सर्वोच्चमा मुद्दा हालेपछि स्थिति बदलिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर