फिफा विश्वकप र एसियन कप छनोट : नेपाल-बहराइन खेल्दै

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ । यसअघि नेपालले बहराइनसँगको होम ग्राउन्ड दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनोटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले “होम एन्ड अवे” दुवै खेल बहराइनमा खेल्ने भएको हो ।

बहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।

यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर