नेपालको क्रिकेट क्षेत्रको विकासमा आईसीसीले सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जर्ज बार्क्लेले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको छ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। अध्यक्ष बार्क्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बचन दिएका छन्।
प्रतिक्रिया