दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राखिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना निजी बडिगार्डलाई पाँच दिन  हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट गत सोमबार अत्याधुनिक एसआरएल २२ बोरको हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर