“अरुणाचल प्रदेश भारतको अभिन्न अंग”

काठमाडौं ।  भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेशमा चीनको हालैको दाबीलाई ‘बेतुक’ भनेको छ । भारतको परराष्ट्र मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र रहिरहने बताएको छ । जसलाई कहिल्यै छुट्याउन नसकिने भारतको जिकिर रहेको बीबीसी हिन्दीले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालको यस्तो बयान चिनियाँ सेनाले अरुणाचल प्रदेशलाई आफ्नो क्षेत्र घोषणा गरेको दुई दिनपछि आएको हो।

विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले चीनको रक्षा मन्त्रालयका प्रवक्ताले दिएको बयान हेरेका छौँ, जसमा भारतको अरुणाचल प्रदेशको बारेमा बेतुक दाबी गरिएको थियो । यो निराधार मुद्दा नदोहोर्‍याउनुहोस् । यसले भारतबाट वैधता प्राप्त गर्दैन । अरुणाचल प्रदेश भारतको अभिन्न र अविभाज्य हिस्सा थियो, छ र सधैं रहनेछ।’ प्रधानमन्त्री मोदीको अरुणाचल भ्रमणपछि विवाद जारी छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रणधीर जैसवाललाई गत हप्ता चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल झाङ सियाओगाङले प्रधानमन्त्री मोदीको अरुणाचल भ्रमणका बारेमा गरेको टिप्पणीबारे प्रश्न गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी मार्च ९ मा अरुणाचल प्रदेश गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर