रिडी–तम्घास सडक आजदेखि १२ घन्टा बन्द हुने

काठमाडौ । रिडी–तम्घास सडक आजदेखि १२ घन्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकको रिडीदेखि वले टक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

त्यसअन्तर्गत सडकको केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै चैत ७ गतेदेखि चैत ३० गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले बताइन् ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको सूचना अधिकारी शर्माले बताइन् । चैतको पहिलो सातासम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर