भारतमा डेंगुविरुद्धको खोप विकास गरेको दाबी

काठमाडौं । भारतको एक सरकारी संस्थाले डेंगुविरुद्ध खोप विकास गरेको दाबी गरेको छ । हैदराबादको इन्डियन इम्युनोलोजिकल लिमिटेड (आइआइएल) ले डेंगुविरुद्धको खोप विकास गरेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आइआइएलका प्रबन्ध निर्देशक डाक्टर आनन्द कुमारले सबै परीक्षण पूरा गरेर लगभग दुई वर्षपछि खोप दिन सकिने बताए । डाक्टर कुमारले खोपको पहिलो चरण पूरा भएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै शुरु हुने बताएका छन् । आइआइएलले डेंगुबाहेक अहिले जिका भाइरस र क्यासानुर फरेस्ट रोग (केएफडी) विरुद्धका खोप पनि विकास गरिरहेको छ ।

भारतीय इम्युनोलोजिकल लिमिटेड केन्द्रीय मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । एक रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष १० करोड जनामा डेंगु सङ्क्रमण पुष्टि हुने गरेको छ । भारतमा मात्रै बर्सेनि साढे तीन करोड जनामा सङ्क्रमण देखिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर