रविको विषयमा कांग्रेसले अनावश्यक बखेडा झिक्यो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमा प्रधानमन्त्री बन्ने इच्छा नभएको अभिव्यक्ति दिएका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू कोही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँले नै खानुहोला जस्तो पो देखिन्छ त !’ ओलीले नेपाली कांग्रेसले सदन अवरुद्ध गरेर अनावश्यक बखेडा झिकेको आरोप पनि लगाए ।
ओलीले सहकारीको अनावश्यक विषय झिकेर कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नै अनैतिक भएको दाबी गरे । उनले कुनै विषयमा उजुरी पर्दैमा राजीनामा दिँदै जाने हो भने नेपालमा संसद् र मन्त्री पद सबै रित्तिने जिकिर गरे ।

ओलीले भने, ‘उजुरी दर्ता तपाईं नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर