माओवादीको पदाधिकारी बैठकमा महराको विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यस विषयमा आजको बैठकमा छलफल भएपनि ठोस निर्णय हुन भने बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताए ।
सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा हिजो पक्राउ परेको हो। आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको र अर्को बैठकले यसबारे निर्णय लिने भन्दै प्रवक्ता सापकोटाले बताए ।

बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए । बैठकमा केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने तथा केहीले अदालतको निर्णय पर्खिनुपर्ने धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर