आज सुन प्रतितोलामा ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज मंगलबार सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ तोकिएको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्यमा पनि प्रतितोला सात सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार ६ सय कायम गरेको छ । हिजो सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर