नर्सिङ क्याम्पस महाराजगञ्जमा तालाबन्दी

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले राखेका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । विगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिष्कार गर्दै आएका थिए ।

लामो समयदेखि क्याम्पसमा डीनसँग वार्तामा बसे पनि सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप–सभापति आकृति ढकालले बताइन् । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनवटै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उनको भनाइ छ ।

संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याकल्टी भनेर लिने, क्याम्पसमा आएपश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदाभित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप–सभापति ढकालले बताइन् । क्याम्पसमा आएको १० महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यक्रमसमेत नपरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर