पाल्पाको रानीमहल घुम्न जान सडक सहज

काठमाडौं ।  सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो ।

एकतर्फी सडक बन्द गरेर मर्मत सुधार गर्ने अवस्था नभएपछि डेढ महिना सडक बन्द गरेर जोखिमयुक्त क्षेत्रको सडक ढलान गरिएको छ । तानसेन–रानी महल सडक खण्डको बैकुन्ठे भीर नजिकैको सडक मर्मत सुधार गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । यसअघि रानी महल क्षेत्रमा जाने सडकमा परेको खाल्डाखुल्डीका कारण रानी महलसम्म जाने आउने पर्यटकहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर