केन्याले दक्षिण अफ्रिकालाई ७० रनले हरायो

काठमाडौं ।  अफ्रिका गेम्सअन्तर्गत टी–२० क्रिकेट प्रतियोगितामा केन्याले टेस्ट टोली दक्षिण अफ्रिकाविरुद्ध ७० रनको फराकिलो जित निकालेको छ । दक्षिण अफ्रिकाविरुद्ध केन्याको यो ऐतिहासिक जित हो । उसले दक्षिण अफ्रिकासँगको पहिलो टी–२० आईमै जित निकाल्दै इतिहास रचेको हो । सोमबार भएको खेलमा १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमै अलआउट भयो । उसका लागि उमेर समूहको विश्वकप खेलिसकेका कप्तान जर्ज भान हिर्डेनले सर्वाधिक २२ रन बनाए । यस्तै, ओपनर माहिर जोशेफ १२ र केगन १६ रन जोडे ।

केन्याका लागि स्पिनर आर्नभ पटेलले तीन ओभरमा १५ रन खर्चेर पाँच विकेट लिए । यस्तै, लुकास ओलओच र शेम न्नगोचेको नाममा दुई/दुई विकेट रह्यो । त्यसअघि घानाको अचिमोटा सिनियर सेकेण्डरी स्कूल ए फिल्डको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका कोलिन्स ओबुआ ४७ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५८ रनको इनिङ खेले । यस्तै, कप्तान राकेप  पटेलले २८, नील मुगाबेले १६ र नेल्सन ओधियाम्बोले १४ र सुकदीप सिंहले १० रनको योगदान दिए । हेन्रिघ पिटरसे ४ ओभरमा २३ रन दिएर  सर्वाधिक दुई विकेट लिए । जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको टिममा नाम चलेका तथा पहिलो रोजाइका खेलाडी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर