बागलुङमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नंको बस हिजो सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर