गण्डकीमा दीपक मनाङे मन्त्री पदमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका छन् । मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । मनाङेले एकीकृत समाजवादी पार्टी त्यागेकाले उनको हैसियत स्वतन्त्र सांसदसरह रहेको छ । यसैगरी मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाएका छन् । यसअघि उनी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर