म्याग्दीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ । गाउँपालिकाको पोखरेबगरबाट पर्यटक लिन पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

खोप्राबाट झरेका तीन जना पर्यटक लिन आइतबार राति उक्त जिप पालिकाकेन्द्र पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको थियो । जिप सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको घटना स्थलमै मृत्यु भएको वडा सदस्य पूर्णबहादुर पाइजाले जानकारी दिए ।

उनका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान स्थानीयवासीहरुले खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट असई बलबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर