रुसमा पुटिनको एक छत्र राज

काठमाडौं । रुसमा भएको राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाएको बीबीसीले जनाएको छ । यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने छ ।

पुटिनको विपक्षमा विश्वसनीय प्रतिद्वन्द्वी नभएकाले पनि जित्न सहज भएको खबरमा उल्लेख छ । यसैबीच रुसमा मतदान चलिरहेका बेला स्वर्गीय विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नीको आव्हानमा विरोध प्रदर्शन भएको छ । रुसका विभिन्न शहरमा प्रदर्शन गर्दै तोडफोडमा संलग्न रहेका केही प्रदर्शनकारीहरु पक्राउमा  परेको खबरमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर