म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् । यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो । त्यस्तै उल्भ्सलाई जितेर कोभेन्ट्री सिटी सेमीफाइनलमा पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर