प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या

काठमाडौं । नेपाल प्रहरीको गोकर्णेश्‍वर नगरपालिका-३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई  पक्राउ गरेको छ ।
सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । सोही नगरपालिकाको तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो । लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर