पोखरामा चौबीसै घन्टा मनोरञ्जनका स्थल खुला रहने

काठमाडौं । पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै डिस्को, दोहोरी साँझ, लाइभ पोग्रामलगायत मनोरञ्जनको स्थल चौबीसै घन्टा खोल्ने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज आइतबार साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए ।

उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रुपमा विकास गर्न ध्यानकेन्द्र निर्माण गर्ने पनि बताए । यस्तै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर