बाँसबारी जग्गा अतिक्रमण प्रकरणमा व्यापारी विनोद चौधरीसँग बयान तयारीमा सीआईबी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी जग्गा अतिक्रमण प्रकरणमा व्यापारी विनोद चौधरीसँग बयान लिने भएको छ। गृहमन्त्री रवि लामिछानेले चौधरीसँग बयान लिने प्रकृया थाल्न सीआईबीलाई निर्देशन दिइसकेका छन्‌।

चौधरी समूहले बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनीभन्दा बढी सरकारी जग्गा राजनीति/प्रशासनिक साँठगाँठमा हडपेको छ। सो जग्गामा विनोद चौधरीको घरानाले सीजी चाँदबाग स्कूल लगायत व्यापारिक संरचना ठड्याइसकेको छ।

कारखानाको १० रोपनी सरकारी जग्गा मिलेमतोमा नामसारी गरेका विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माघ १८ गते पक्राउ गरेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको पारिवारिक सदस्यले दबाब दिँदा र काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि चौधरी माघ २४ गते छुटेका थिए।

हिरासतमा रहँदा सीआईबीलाई हडपिएको जग्गा फिर्ता गर्ने बताएका चौधरी छुटेलगत्तै सरकारी जग्गा पचाएरै छाड्ने योजनामा लागेका छन्‌। उनले फागुन १३ गते नै बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा फागुन रिट दायर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर