दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विस्फोट

काठमाडौं । दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विस्फोटका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । गत डिसेम्बरपछि चौथोपटक रेक्जेन्स प्रायद्वीपमा ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोट भएको ठाउँबाट नजिकैको सानो शहर ग्रिन्डाविक सबैभन्दा बढी प्रभावित भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई घर घोड्न आग्रह गरिएको छ । साथै त्यहाँको लोकप्रिय पर्यटकीय गन्तव्यमध्येको ब्लु लगुन पनि खाली गराइएको छ ।

प्रभावित क्षेत्र वरपर विशाल लाभा फैलिएको छ । जसकारण वरपरको क्षेत्र धुवाँको मुस्लो उडिरहेको छ । आइसल्याण्डको हवाई क्षेत्रलाई भने खुल्ला राखिएको छ । नागरिक सुरक्षा सेवाका अनुसार ज्वालमुखी विस्फोट स्थानीय समयअनुसार शनिबार राति ८ बजेबाट शुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर